समाचार

काठमाण्डौ महानगरको कार्यकारी अधिकृतमा धनीराम शर्माको पदबहाली ! यस्तो छ कार्ययोजना :

काठमाण्डौ, ३२ साउन । काठमाडौं महानगरका नव नियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले आज पदबाहली गरेका छन् । शर्माले मेयर उपमेयरले अघि सारेको काम नै आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवी सुधार गर्ने पनि बताए ।

पदबहाली पछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने उल्लेख गरेका छन् ।

भ्रष्टाचारजन्य आचरणलाई सुशासनको बागडोरले बाधी छोड्ने उनले दृढता ब्यक्त गरे । अधिकृत शर्माले नागरिक सेवा सन्तुष्टिमा पूर्वाधार र कर्मचारी क्षमताको विकासमा आफ्नो ध्यान जाने बताए ।

विद्युतीय शाशनको प्रवद्र्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारबीच बुझाइमा फरक भएकोले यस तर्फका काममा आफुले ध्यान दिने शर्माको भनाइ थियो ।

सुर्खेत जिल्लामा जन्मिएका शर्माले १४ बर्षभन्दा बढी सरकारको कर तथा राजश्व प्रशाशन, वित्तीय व्यवस्थापन सेवामा विताएका छन् ।

उनी उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा सरुवा भई आएका हुन् ।