शिक्षा

अस्थायी शिक्षकको परिक्षा एक साता पछि सर्यो

काठमाण्डौ । अस्थायी शिक्षकहरुको परीक्षा एक साता पछि सर्दै भदौ १० गते हुने भएको छ । शिक्षक सेवा आयोगले भदौ ३ गतेलाई परीक्षा मिति तोकेको थियो ।

बाढी पहिरोको कारण आवत जावत गर्न समस्या परेको भन्दै आयोगले सो परीक्षा स्थगित गरी भदौ १० गतेलाई सारेको जनाएको छ । परीक्षा केन्द्र र समय भने यथावत राखिएको छ ।

अस्थायी शिक्षकहरु परीक्षा मिति सार्नुपर्ने र शिक्षा ऐन संशोधन गर्नुपर्ने माग राख्दै दुई सातादेखि आमरण अनसनमा छन् । तर, आयोगले जारी गरेको सूचनामा अनसनको विषय कतै उल्लेख गरिएको छैन ।

यसैबीच आयोगका अध्यक्ष र सदस्यहरुले पाँच दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको सूचनामा उल्लेख छ ।