स्वास्थ्य

औषधि व्यवसायी संङ्घद्वारा बाढी पीडित क्षेत्रमा ३० लाखको औषधि निःशुल्क वितरण

काठमाडौं, ३१ साउन । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ ।

बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको छ ।

प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको छ, अध्यक्ष श्रेष्ठले भने – ‘प्राप्त तथ्यांकअनुसार अहिलेसम्म संङ्घले करिब रु ३० लाख मूल्य बराबरकोे औषधि निःशुल्क प्रदान गरिसकेको छ ।’