पु.समाचार

बाढी पहिरोबाट १ सय ११ जनाको मृत्यु, ३५ जना बेपत्ता

काठमाण्डौ, ३१ साउन । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन् छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा मन्त्री शर्माले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजाराँै घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजाराँै जनता विस्थापित भएको बताए । उनले डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढिरहेको जानकारी गराएका छन् ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ र घर मर्मत गर्न दश हजार रुपैयाँ वितरणसमेत शुरु गरिएको बताएका छन् । उनले बाढी प्रभावितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने पनि भनेका छन् । मन्त्री शर्माले सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव भएको बताएका थिए ।

यस्तै मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन शुरु गरिएको पनि उल्ले गरे ।