समाचार

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने समय सकिदै

काठमाण्डौ, ३१ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने समय आज सकिँदैछ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र निर्धारणको जिम्मेवारी पाएको आयोगलाई आजसम्मको समयसीमा तोकिएको थियो ।

तर आयोगले निर्धारित समयभित्र काम गर्न नसकेपछि आजै सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने जनाएको छ ।

२१ दिनको समय दिएर सर्वाेच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा सरकारले गठन गरेको आयोगले सर्वाेच्च अदालतको फैसलापछि आफ्नो काम प्रभावित भएको जनाएको छ ।

सरकारले दिएको म्यान्डेड अनुसार प्रतिवेदन तयार गर्नै लागेका बेला सर्वाेच्च अदालतले स्थानीय तहको संख्या थप गर्न सकिने फैसला गरेपछि आफ्नो प्रतिवेदन लथालिंग भएको आयोगले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आयोगलाई प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारणको जिम्मेवारी दिइएको थियो ।