समाचार

पोखरामा नेपाली सेनाका जवानद्वारा आफ्नै सहकर्मीको गोली हानी हत्या !

पोखरा । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणमा कार्यरत एक सैनिकले आफ्नै साथीको गोली हानी हत्या गरेका छन् । सिद्धी बक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी गणेशसिंह विष्टको गोली हानी हत्या गरेका हुन् । मृत्यु हुने विष्ट पनि सैनिक प्युठनै हुन् ।

सोमबार बेलुका सँगै ड्युटीमा बसेका उनीहरु बीच मित्रताको सम्बन्ध भएपनि के कारणले सो घटना भयो त्यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । लोहारले विष्टमाथि मंगलबार बिहान ४ः३० बजे गोली प्रहार गरेर हत्या गरेको प्रहरीको दाबी छ ।