आर्थिक

पेट्रोलियम पदार्थको अभाव भयो भने काठमाण्डौमा स्टक कति छ ?

काठमाण्डौ । बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ । राजमार्गका विभिन्न ठाउँमा पुलरुहरु क्षतिग्रस्त भएपछि यो आशंका गरिएको थियो ।

स्टक कति छ ?
आयल निगमले मक्तीमा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने भएको हो ।

मंगलबारको गोरखापत्रमा लेखिएको छ, पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।