समाचार

डुबान क्षेत्रमा राहत बाँड्दा रोकिएनन् आँसु !

काठमाण्डौ । सोमबार दिउँसो ३ बजे २० बोरा चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा सरकारी संयन्त्रको राहत सामग्री पुगेको छैन ।

बाढीको पानी ओरालो लागिसके पनि घरसंगै भान्सा अन्न, भाँडाकुँडा सबै हिलाम्य छन् । निर्माण ब्यवसायी रौनियारले राहत सामग्री पुर्याएपछि बृद्धदेखि बालकसम्मले लुछाचुँडी सुरु गरे ।

मंगलबारको नागरिकमा लेखिएको छ, करिब २० बर्षे एक युवकले रौनियारलाई भने मलाई बेस्सरी भोक लागेको छ, केही छ भने दिइहाल्नु न ।