राजनीति

राजपाभित्र फेरि सुरु भयो अर्को नयाँ विवाद !

काठमाण्डौ । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ ।

निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको हो ।

मंगलबारको नागरिकमा लेखिएको छ, मधेसका ६ वटा पार्टी मिलेर बनेको राजपामा सबै नेताहरुले आफ्नो पुरानो पार्टीका चुनाव चिन्ह राख्न दबाब दिइरहेका छन् ।