पु.समाचार

थाइल्यान्डमा पूर्वराजा ज्ञानेन्द्र दुःखी भए !

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् ।  थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति पुर्याएकोमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, विज्ञप्तिमा उनले दुःखको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन् ।