पु.समाचार

बाढीमा परेर मृत्य भएका परिवारलाई २ लाख दिने सरकारको घोषणा

काठमाण्डौ । सरकारले तराई–मधेसका बाढी पीडितका कारण मृत्यु भएका परिवारका सदस्यलाई तत्कालका लागि २ लाख रुपैया राहत दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तिव्रता दिने निर्णय समेत गरेको छ । त्यस्तै सोमबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले डुबान क्षेत्र जाने कार्यक्रम समेत तय भएको छ ।

बैठकले प्रधानमन्त्री देउवाको डुबान क्षेत्र अवलोकन लगत्तै दिर्घकालीन र अल्पकालीन योजना तय गर्ने निर्णय समेत गरेको छ ।