समाचार

माहासंघमा यूनियनको जित शुनिश्चित गर्न यस्तो छ ४ महत्वपूर्ण निर्णय

काठमाण्डौ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेश यूनियनले आउदै गरेको पत्रकार माहासंघको निर्बाचनलाई लक्षित गरि बिभिन्न ४ निर्णय गरेको छ । उक्त निर्णय पश्चात दशकौदेखी पत्रकार माहासंघमा अधिपत्य जमाएको काँग्रेसले केहि बर्षदेखी माहासंघमा आफ्नो अस्तित्व गुमाएपनि यसपटक भने पुरै टिमले विजयी हांसिल गर्ने दाबी सहित राजधानीमा बैठक सम्पन्न गरेको छ । यस्ता छन् उक्त यूनियनका ४ महत्वपूर्ण निर्णयहरु

१. आगामी भदौ ४ र ५ गते हुन गईरहेको नेपाल प्रत्रकार महासंघको आसन्न महाधिवेशनमा नेपाल प्रेस युनियनका उम्मेदवारलाई विजयी बनाउन तथा आवश्यक तयारी गर्न विभिन्न समितिहरु गठन गर्ने निर्णय गरियो । बैठकले निर्वाचनको तयारीका लागि निर्वाचन परिचालन मूल समिति, प्रचार प्रसार समिति, घोषणापत्र तयारी समिति, आर्थिक व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति, सम्पर्क समन्वय समिति, यातायात व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति र अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

२. आसन्न नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा नेपाल प्रेस युनियनका तर्फबाट उम्मेदवार चयन गर्न प्रेस युनियन सम्बद्ध वरिष्ठ पत्रकार तथा अग्रजहरुसँगको परामर्शमा प्रेस युनियनको नेतृत्वलाई जिम्मेवारी दिने निर्णय गरियो ।

३. केही दिनदेखि मुलुकभर भईरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल प्रेस युनियन गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिबाट निधन भएका व्यक्तिप्रति युनियन हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । साथै बैठकले घाईतेको शिघ्र उपचार र घरवारविहिन भएकालाई तुरुन्त राहत तथा उचित व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । बाढी र पहिरोबाट मुलुकभर सञ्चारकर्मीका घर तथा भौतिक सम्पत्तिमा भएको क्षति तथा सञ्चारमाध्यमका कार्यालयमा भएका क्षतिका सम्बन्धमा पनि एकिन विवरण संकलन गरी आवश्यक सहयोग र उचित राहतको व्यवस्था गर्न सरकार तथा सम्बन्धीत निकायसँग यो बैठक माग गर्दछ ।

४. स्वास्थ्य शिक्षामा सुधारका विभिन्न माग राखी डा गोविन्द केसीले सुरु गर्नुभएको आमरण अनसनरतप्रति नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठकले गम्भिर चासो व्यक्त गरेको छ । उहाँका माग सम्बोधन गरी समाधानका लागि उचित पहल गर्न सरकारसँग प्रेस युनियनको यो बैठकले आग्रह गर्ने निर्णय गरेको छ ।