समाचार

रुपाली बनिन् होस्टल एसोसिएसनको अध्यक्ष

काठमाडौं, २९ साउन । होस्टेल एसोसिएसन काठमाडौंको तेस्रो अधिवेशनले रुपाली पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश आचार्य, सचिवमा हिरामणि गौतम, सहसचिवमा झलकराज अधिकारी र कोषाध्यक्ष सुतिना लाकौललाई छनौट गरेको छ । सदस्यहरुमा विजया घिमिरे, मुक्तिनाथ रिजाल, कुशुम घिमिरे र यसोदा थापा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले होस्टल व्यवसायीहरुले भोग्नु परेका साझा समस्या समाधानका लागि आफू क्रियाशील हुने प्रतिबद्धता जाहेर गरेकी छन् । होस्टल सञ्चालनकालागि घर नपाईने, भाडामा विवाद, विद्यार्थी जिम्मा लिएर सञ्चालन गर्नुपर्दा आइपर्ने अन्य चुनौतीहरु मुख्य छन् । यस्ता समस्या समाधान र यो व्यवसायलाई मर्यादित, सम्मानीत र सेवामुलक बनाउन आफूले प्रयास गर्ने उनले बताएकी छन् ।