मनोरञ्जन

हट वडी फिगरबाट चर्चामा आईन् यी यूवति, यो लोभलाग्दो फिगर पछाडि लुकेको छ काहानी !!

२९ साउन । भारत स्थित गुजरातको अहमदाबादमा बस्ने सपना व्यास पटेल हिजोआज फेसबुक, टुईटर, ईन्सटाग्राम र यू–ट्युब जस्ता सामाजिक सञ्जालको माध्यमबाट निकै चर्चामा आएकी छिन् ।

उनको प्रोफाइल पनि ठूलै छ । उनि गुजरातका स्वास्थ्य मन्त्रि जय नारायण व्यास कि छोरी हुन् र फिट्नेस ट्रेनर उनको पेशा । आफ्नो सुन्दरता र हट फिगरको कारण लाखौंको दिलमा राज गर्दै आएकी छिन् उनि । भनिन्छ उनको यो हट फिगरको पछाडि एउटा काहानी लुकेको छ ।

 

उनि पहिले निकै मोटी थिईन् र वजन भने ८३ किलो । त्यहि कारण उनलाई जिस्काउनेहरुको पनि कमी थिएन । त्यसपछि, उनले आफ्नो वजन घटाउने सोचिन् र डाइट कंट्रोल सँगै कार्डियो एक्सरसाईज र टेनिस खेल्न सुरु गरिन् । अन्ततः उनले एक बर्ष भित्रमै आफ्नो वजन ८३ किलो देखी ५३ किलोमा परिणत गर्न सफल भईन् । आज उनि रिबक प्रोफेशनलको सर्टिफाइड ट्रेनर छिन् । त्यति मात्र नभएर, उनको भिडियो यू–ट्युबबाट डाउनलोड गरेर हेर्नेको संख्या ५० लाख भन्दा ज्यादा भइसकेको छ ।

 

सपनाले आफ्नो पढाइको सुरुवात अहमदाबादबाट गरेकी हुन् । उनले सेन्ट जेभिएर कलेजबाट साईकोलोजिमा ग्रेजुएसन गरिन् र ईन्स्टिच्युट अफ म्यानेजमेन्ट निरमा यूनिभरसिटीबाट एमबिए गरिन् । त्यसपछि, उनले अहमदाबाद स्थित इंडियन म्यानेजमेन्ट एकेडेमीबाट लाईफ्स टाइम ब्राण्ड म्यानेजमेन्टमा पीएचडी गर्न सफल भईन् ।

आफ्नो स्लिम फिगर देखाउँदै सपना भन्छिन्,“तपाइलाई आफ्नो वजन घटाउन जिम गएर खर्च गर्नु जरुरी छैन् । तपाइ दैनिक १ घण्टा वाक र ४५ मिनेट अन्य कसरत गरेर आफ्नो वजन घटाउन सक्नु हुनेछ ।” आफ्नो वजन कम गरेर उनि धेरै मान्छेहरुको लागी प्रेरणाको स्रोत बन्न पुगेकी छिन् र साथमा मान्छेहरुलाई मोटिभेट पनि गर्छिन् ।

हेर्नुहोस् थप तस्विरहरु :-

 

एजेन्सीको सहयोगमा ।