आर्थिक

लक्ष्मी बैंकको नयाँ शाखा : रुपन्देहीको मणिग्राममा

काठमाण्डौ, २९ साउन । लक्ष्मी बैंकले आजदेखि रुपन्देहीको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा भैरहवा र बुटवल पश्चात्, बैंकको यो क्षेत्र तेस्रो शाखा हो । मणिग्राम शाखा, जोगीकुटिबाट स्थानान्तरण भएको हो र जोगीकुटिमा कारोबार गर्र्ने सम्पूर्ण सेवाग्राहीहरुलाई सबै सेवाहरु, बुटवल शाखाबाट उपलब्ध गराईने पनि सो बैंकले जाएको छ ।

अब लक्ष्मी बैंकको शाखा सञ्जाल ६९, ३ वटा हस्पिटल सेवा काउन्टर, ८८ ए टि एम, २५ सय भन्दा बढि रेमिटेन्स् र ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ ।

सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै बैंकले सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालनमा ल्याएको होे ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवाप्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मीभ्यालू फण्ड नामक दोस्रो म्यूचुअल फण्ड सेवाको समेत सफलता पूर्वक संचालन गरिसकेको छ ।