राजनीति

प्रधानमन्त्रीले डाके आकस्मिक बैठक : अब के–के होला?

काठमाण्डौ, २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।

यस्तै नेपाली कांग्रेसले पनि आजै अपरान्ह आकस्मिक बैठक बोलाएको छ । बाढी पहिरोका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त बनेपछि नेपाली कंग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

राजधानीको बालुवाटारस्थित पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुरको देउवाको सरकारी निवासमा अपरान्ह बोलाइएको बैठकमा आपतकालिन राहत तथा उद्धारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । राहत तथा उद्धारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने विषयमा बैठकमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।