समाचार

पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पर्नेहरुमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का ८३ वर्षीय गुमानसिंह बुढा, उनका १४ वर्षीय नातीहरु बिक्रम बुढा र १२ वर्षीय शरन बुढाको मृत्यु भएको जनाइएको छ ।

शनिबार राती गएको पहिरोमा परेका उनीहरुको शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ ।