राजनीति

बलात्कार घटनामा मेयरकै ढाकछोप !

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ । स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् । १२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो ।

साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।  एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, घट्ना बाहिर आएपछि मेघराज पीडित परिवारसहित जनप्रतिीधहरु दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ ।

श्रोतको अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो ।