खेलकुद

म्यानचेस्टर सिटीले गर्यो विजयी सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ भने लिभरपुल बराबरीमा रोकिएको छ । यो सिजन बढुवा भएको ब्राइटनलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा सर्जियो अग्युरोले एक गोल गरे भने ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरे । पहिलो हाफमा  गोल रहित बराबरी भएको खेलमा ७० औं मिनेटमा अग्युरोको गोलबाट सिटीले अग्रता लिये ।

त्यसको पाँचौं मिनेटमा ब्राइटनका डंकले आत्मघाती गोल गरेपछि सिटी २–० ले विजयी भयो । यस्तै अर्को खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा  रोकियो ।

अरु खेलमा हडर्सफिल्डले क्रिष्टल प्यालेसलाई ३–० र वेष्ट ब्रोमले बोर्नमाउथलार्य १–० ले हरायो । साउथह्याम्पटन र स्वान्सी सिटीले गोल रहित बराबरी खेलेका छन् ।