अन्तर्राष्ट्रिय

भेनेजुयला संकटबारे बोले अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय एक रहेको बताएका छन्। न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन।

उनले भने, भेनेजुएलामा मानिसहरु दुख पाइरहेका छन् र मारिइरहेका छन्। अमेरिकासँग समाधानका धेरै उपाय छन् त्यसमध्ये एक सैन्य उपाय पनि हो। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले राष्ट्रपति ट्रम्पको भनाइलाई पागलपनको उपज भने।

राष्ट्रपति निकोलस मडुरोले बनाएको नयाँ संविधान सभालाई गैर प्रजातान्त्रिक भन्दै व्यापक आलोचना हुने गरेको छ। अमेरिकाले हालै राष्ट्रपति मडुरोलाई अधिनायकवादी भन्दै विभिन्न प्रतिबन्ध लगाएको थियो।

ह्वाइट हाउसले पछि अमेरिकी राष्ट्रपतिसँग मडुरोले फोनवार्ता गर्न चाहेको बताएको थियो।