पु.समाचार

भारतले ढोका नखोलिदिँदा राप्ती नदीले यसरी सक्यो बाँके !

नेपालजञ्ज । राप्ती नदी अहिलेसम्मकै सबैभन्दा बढी उर्लिएको छ । २५ बर्षपछि यस्तो देखिएको हो, नदीमा यति ठूलो बाढी आएको थिएन ।  डुडुवा गाउँपालिका २ का राम किशोरीप्रसाद केवडले भने ।

राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, प्रहरीले पहिचान नखुलेको एक पुरुषको शव फेला पारेको छ । भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो ।

यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन । –कृष्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी