पु.समाचार

डा.गोविन्द केसीको मागमा यसरी फेरि भत्कियो सहमति !

काठमाण्डौ । चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितीमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ ।

प्रधानमन्त्ती शेरबहादुर देउवाको उपस्थितीमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा। केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।

आइतबारको नागरिकमा लेखिएको छ, बालुवाटारमा नयाँ कलेजले सम्बन्धन पाउने प्रमुख आधार बनाउँदा अस्पताल सञ्चालन भएको तीन बर्षको सट्टा दुई बर्ष राख्ने सहमति जुटेको थियो ।

तर त्यो गणना स्वास्थ्य मन्त्रालयलबाट सञ्चालन स्वीकृति पाएको मितिबाट हुनेपर्ने ब्यवस्था राख्ने महत्वपुर्ण बुँदा नै विधेयक पारित गर्ने क्रममा हटाईयो । त्यसकारण डा. केसीसँग गर्ने भनिएको सहमति एक्कासि भत्किने संकेत देखिएको छ ।