राजनीति

डा. केसीका समर्थकले ओलीको घर घेरे अब प्रचण्डको पालो

काठमाण्डौ, २८ साउन । अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न दबाब दिँदै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट घेराउ गरेका छन् ।

२० दिनदेखि अनसनमा बसेका डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको भन्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी, विवेकशील साझा पार्टीलगायतका संघसंस्थाले ओली निवास वालकोट घेरेका हुन् । केसीका समर्थकले ओली निवासबाहिर चर्काे नाराबाजीसहित प्रदर्शन गरे । ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ गएका छन् ।

डा. केसीका माग पूरा गर्न दवाव दिँदै आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट घेराउको तयारी भैरहेको पनि आयोजकले जनाएको छ ।