स्वास्थ्य

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाण्डौ, २८ साउन । अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा शनिबार दिनको १२.३० देखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनपछि बानेश्वरमा कोणसभामा परिणत भएको छ ।

चिकित्सा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्नेलगायत माग राख्दै केसीले थालेको अनशन शनिबार ११ औ पटकको यो २० औं दिन पुगेको छ ।