राजनीति

प्रधानमन्त्री देउवाले बाढीपीडितलाई तत्काल राहत दिन दिए यस्तो कडा निर्देशन

सुर्यखबर सम्बाददाता/
काठमाण्डौ । देशभर बाढीले संकटग्रस्त बनेको छ, माओबादी अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्री बनेका बेला ०६४ सालमा कोशी फुटेर संकटग्रष्त बनेको सुनसरीको कोशी ब्यारेज पुलका ५५ वटा ढोका मध्ये ३६ वटा ढोका खोलिएको छ ।

बिराटनगर माहानगरपालिकामा रहेको बिमानस्थल बन्दरगाह जस्ते बनेको छ, ईटहरुमा ७ जनाको बाढीका कारण मृत्यु भएको सम्बन्धीत निकायले जनाएके छ, पाँचथरमा बाढीका कारण आएके पहिरोले एकैघरका ५ जनाको मृत्यु भएको बताईएको छ । सिंधुलीमा पनि एकै परिवारका ४ जनाको मृत्यु भएको पुष्टी भएको छ। बाँकेमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

धेरै ठाँउमा बाढीका कारण क्षती भएपनि क्षतीको यकीन विवरण आउन बाँकी छ । कतिपय ठाँउमा टेलिफोन सम्पर्कसमेत बिच्छेद भएका कारण क्षतीको विवरण आउन सकेको छैन ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट हुने क्षतीबाट बच्न आग्रह जनतालाई तुरुन्त राहतको ब्यवस्था गर्ने ७५ वटै जिल्लाका जिल्ला प्रशाशन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । साथै सरकारले बाढीपीडितका लागी राहत प्रदान गर्न कुनै कसर बाँकी नराख्ने हुंदा धैर्य गर्न सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।

जनताले भारदह पुलका पुरै ५५ वटा ढोका नखोलेको भनेर सामाजिक संजालमा भारतीय पक्षको तीब्र बिरोध गरेका छन् ।