समाचार

शनिबार निकै खतरा देखिएको भन्दै सरकारले गर्यो यस्तो आह्वान !

काठमाण्डौ । शनिबार देशैभर मौसम बदली भएर अविरल वर्षा हुने भन्दै सरकारले सबैलाई सतर्क भएर बस्न आह्वान गरेको छ । शनिबार यो वर्षकै सबैभन्दा बढी पानी पर्ने दिन भएको संकेत गर्दै सरकारले त्यस्तो आह्वान गरेको हो ।

पूर्व मेचीदेखि पश्चिम चुरे क्षेत्रसम्म बाढीको उच्च जोखिम रहेकोले सो क्षेत्रका जनतालाई सरकार विशेष आह्वान गरेको छ ।

ती क्षेत्रमा भारी वर्षा भैरहेको र तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दा अत्यन्तै जोखिममा रहेकोले सबैलाई सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको हो ।

चुरे क्षेत्रसँग जोडिएका पूर्वका कोशी, कन्काई, कमला, बिरिङ, त्रियुगा, बाग्मती,खाडो, लालबकैया, रातु लगायतका नदीमा अहिले निकै तीव्र ढंगले पानीको सतह बढिरहेको समेत जनाइएको छ ।

त्यस्तै पश्चिम क्षेत्रमा समेत राप्ती, बबई, बाणगंगा लगायतका नदीको बहाब निकै तिव्र ढंगले बगिरहेको विभागले जनाएको छ । ती नदीमा शनिबार बेलुकासम्म बहाब उच्च हुने अनुमान गरिएको छ । त्यो बेलासम्म सबैलाई सतर्क रहन सकारले आह्वान गरेको छ ।