पु.समाचार

भारतीय दूतावासमा सुश्मा स्वराजले गरिन् देउवा र प्रचण्डको उच्च प्रशंसा !

काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल अविश्वासबाट विश्वासतर्फ अघि बढेको बताएकी छिन् ।

प्रचण्डको प्रमुख भूमिका
भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार भारतीय राजदूतनिवास (इन्डिया हाउस)मा आयोजित समारोहमा विदेशमन्त्री स्वराजले यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख भूमिका रहेको स्पष्ट पारेकी छिन् । समारोहमा देउवा र प्रचण्ड सहभागी थिए ।

भारतको लोकतन्त्रबाट प्रेरणा: प्रधानमन्त्री
प्रधानमन्त्री देउवाले भारतको विकास र लोकतन्त्रबाट नेपालले प्रेरणा लिएका बताएका थिए । शनिबारको नयाँपत्रिकामा लेखिएको छ, भारतको स्वतन्त्रता संग्राम नेपालको लोकतान्त्रिक आन्दोलनको प्रेरणा स्रोत भएको र अहिले भारतीय प्रधानमन्त्रीको विकासमन्त्र ‘सबका साथ सबका विकास’ पनि नेपालका लागि प्रेरणा स्रोत रहेको उनको भनाइ थियो ।

देउवा र प्रचण्डको प्रशंसा
देउवाले नेपालमा समावेशी लोकतन्त्र संस्थागत भइरहेको र समाजका सबै सीमान्तकृत समूहलाई साथमा लिएर लोकतन्त्र थप मजबुत पार्ने पनि बताएका थिए । देउवाभन्दा अघि बोलेकी स्वराजले नेपाल विश्वासको बाटोमा अघि बढेको भन्दै देउवा र प्रचण्डको प्रशंसा गरेकी थिइन् ।