समाचार

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्वको आदेश, शर्मामाथिको सुनुवाइ भने जारी रहने

काठमाण्डौ, २७ साउन । सर्वाेच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शर्माकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वाेच्चले आज शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो । थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

कर फस्र्याेट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । आयोगल शर्मासहित कर फस्र्याेट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै गत साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसपछि सर्वाेच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो । सर्वाेच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।