आर्थिक

अन्तराष्ट्रिय रोजगार मेला राजधानीमा, यस्तो छ ! रोजगारी पाउने काइदा !!

काठमाण्डौ, २७ साउन । राजधानीमा शुक्रबारदेखि रोजगार मेला शुरु हुदैछ । तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी अन्तराष्ट्रिय रोजगार र करिअर फेयर हुन लागेको हो । मेलामा नेपाल र भारतका बिभिन्न प्रख्यात कम्पनीले रोजगारीका अवसर दिने आयोजकले जनाएको छ ।

भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित मेला शनिबारसम्म चल्नेछ । भारतका प्रतिष्ठित कम्पनी रिलायन्स, जीओ, र्याडिसन होटल लगायत मेलामा सहभागी हुने बताइएको छ । मोबाईल कम्पनी रिलायन्सले १ सय ५० ईलेक्ट्रोनिक्स इन्जिनियरलाई रोजगारीको अवसर दिने जनाएको छ । र्याडिसनले आफूलाई आवश्यक जनशक्ति मेलाबाट छनोट गर्नेछ ।

मेलामा नेपालका सिप्रदी, टोयटा, श्रद्धा, क्लासिक टेक, विरला टायर, सुबिसु, डिसहोम, यामाहा लगायत १८ कम्पनी सहभागी हुनेछन् ।