राजनीति

नेपाली कांग्रेसका ३० जना नेता–कार्यकर्ताहरुले दिए राजीनामा

बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए ।

शुक्रबारको कारोबारमा लेखिएको छ, राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।