समाचार

अब जेल सजाय पनि किस्तामा, बन्यो यस्तो प्रावधान !

काठमाण्डौ । व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन विधेयक २०७४) लाई सर्वसम्मतिले पारित गरेको छ । जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् ।

उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ । उक्त विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिनेबारे उल्लेख छ ।

 शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, एक बर्षसम्म कैद निर्धारण भएको कसुरदाताले मात्र यस्तो सुविधा पाउनेछन् ।