खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान उक्लिदा भारत झर्यो

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थानमाथि उक्लिएको छ ।

फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको हो । यस्तै भारत एक स्थान तल झरेर ९७ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भने भारत अरुभन्दा अगाडि नै छ । भारतपछि दक्षिण एसियामा नेपालभन्दा अगाडि क्रमशः माल्दिभ्स १४२ औं, अफगानिस्तान १५६ औं र भुटान १६५ औं स्थानमा रहेका छन् । त्यस्तै, नेपालभन्दा पछाडि बंगलादेश १८९औं, श्रीलंका १९७औं र पाकिस्तान २००औं वरीयतामा छन् ।

ब्राजिल एक स्थान सुधार गर्दै विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । जर्मनी एक स्थान खस्कँदै दोस्रोमा झरेको छ । फिफाको तेस्रो वरीयतामा अर्जेन्टिना रहेको छ । यस्तै, स्वीट्जरल्यान्ड्स चौंथो, पोल्यान्ड पाँचौं, पोर्चुगल छैटौं स्थानमा रहेका छन् । सातौं स्थनमा चिली, त्यस्तै क्रशः १०औं स्थानसम्म कोलम्बिया, बेल्जियम र फ्रान्स छन् ।