साहित्य

सुव सेनको ‘शहीदको रगत’

काठमाण्डौ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को आज लोकार्पण भयो ।

गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरे । सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा र दशरथ चन्दको यथार्थ कथामा पुस्तक आधारित छ ।

लोकार्पणमा लेखक सेनले देश र जनताका लागि छातीमा गोली थापेर आफ्नो जीवन बलिदान दिने अमर शहीदलाई समाजले बिर्सन थालेको तथा अपराध कर्ममा लागेर मृत्यु भएकालाई पनि शहीद घोषणा गरेर १० लाख रुपैयाँ लिने प्रवृत्तिबाट चिन्तित भएर कृति तयार गरिएको बताएका छन् ।