अन्तर्राष्ट्रिय

अमेरिकाको बिरोधमा उत्तर कोरियामा देशभक्ति प्रदर्शन

एजेन्सी । अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले देशभक्ति प्रदर्शन गर्दै प्योङयाङ्गमा र्याली निकालेका छन् ।

प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा बुधबार दशौं हजार नागरिक भेला भइ अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्नुका साथै देशभक्तिको सन्देश प्रवाह गरे । सेतो पोशाकमा निस्किएका प्रदर्शनकारीहरुले उत्तर कोरियाको झण्डा र सर्वाेच्च नेता किम जोङ उनको तस्वीरसमेत बोकेका थिए ।

यसअघि अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई तहसनहस बनाउने धम्की दिएका थिए । उत्तर कोरियाले पनि अमेरिकी सैन्य बेस क्याम्प रहेको प्यासिफिक द्वीप गुआममा हमला गर्ने योजना बनाएको तथ्य प्रकाशमा आइसकेको छ । यही तनावकाबीच उत्तर कोरियाली नागरिकले बुधबार देशभक्ति प्रदर्शन गरेका हुन् ।