समाचार

जंगली हात्तीले बालकको ज्यान लियो

पर्सा, २६ साउन । जंगली हात्तीको आक्रमणबाट पर्साको ठोरीमा एक बालकको ज्यान गएको छ । बिहिबार बिहान २ बजे चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ छिरेको हात्तीले ठोरी–९ इच्छानगरका जुठे प्रजाका १२ बर्षिय छोरा रिजन प्रजाको ज्यान लिएको हो ।

चोटामा सुतेका रिजन आत्तिदै भाग्न थालेपछि हात्तिले आक्रमण गरी घरबाट दुई सय मिटर पर बारीमा लगि मारेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिए । रिजन कक्षा ४ मा अध्यनरत थिए । हात्तीले अरु दुईवटा घरमा क्षति पुर्याउको इलाका प्रहरी कार्यालय ठोरीले जनएको छ । ठोरीमा जंगली हात्तीका कारण बर्सेनी मानिसको ज्यान जाने गरेको छ ।

हात्तिकै आक्रमणमा परि यो क्षेत्रमा हरेक वर्ष ३÷४ जनाको ज्यान जाने गरेको छ ।