पु.समाचार

पचास खर्बको लेखापरीक्षण हुन बाँकी !

काठमाडौं । महालेखाले गत वर्षसम्म विभिन्न सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी स्वामित्वमा रहेका परिषद्, कोष, विश्वविद्यालयलगायत सम्पूर्ण निकायको गरी ५० लाखको लेखा परीक्षण हुन बाँकी रहेको जनाएको छ । ५ हजार ५ सय युनिटको ५० खर्ब लेखा परीक्षण गरिने अनुमान महालेखाको छ ।

महालेखाको ५४ औं प्रतिवेदन २०७३ अनुसार, सरकारी कार्यालयतर्फ करिब १ हजार २ सय ९५ लेखापरीक्षण हुँदा करिब ८९ अर्ब बेरुजु कायम भएको थियो । जुन लेखापरीक्षण अंकको ६.८६ प्रतिशत हो ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, महालेखा परीक्षक टंकमणि शर्माले कार्यालयबाट खटिने लेखापरीक्षकले पनि कतिपय निकायसँग मिलेर गलत काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।