अन्तर्राष्ट्रिय

उत्तरकोरिया विरुद्ध अमेरिकाले दियो फेरि अर्को कडा चेतावनी

एजेन्सी । अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिएका छन्। अन्यथा उत्तर कोरियाको शासन(सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी माटिसले दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण हुन सक्ने चेतावनी दिएको एक दिनपछि अमेरिकी रक्षा मन्त्रीले अर्को चेतावनी दिएका हुन् ।

उत्तर कोरियाले चाहिँ अमेरिकी राष्ट्रपतिसँग ठोस कारण नै नभएको प्रतिक्रिया दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चामाध्यामहरुले जनाएका छन् ।