स्वास्थ्य

चिकित्सकहरुद्धारा सतर्क रहन आग्रह, नेपालमा मिचिगन स्ट्रेन नाकम स्वाइनफ्लु भित्रिने संकेत !

काठमाण्डौ । यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ । अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नाकम स्वाइनफ्लु नेपालमा समेत भित्रिन सक्ने खतरा बढ्दै गएको छ । बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ ।