उर्जा

भारतबाट आउने बिजुली सस्तियो

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ । नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम गरेको हो ।

विदूत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ आएपछि भएको यो पनि महत्वपूर्ण निर्णय हो भन्दै बिहीबारको कारोबारमा समाचार लेखिएको छ ।