आर्थिक

हज यात्रुलाई डलर सटही सुविधा : प्रभु बैंक

काठमाण्डौ, २५ साउन । साउदी अरबको मक्का मदिनामा हजयात्राका लागि प्रभु बेंक लिमिटेडले डलर सटही सुविधा उपलब्ध गराउने भएको छ ।

मुस्लीम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिना जाने १ हजार २ सय ५० जना नेपाली हजयात्रीहरुलाई प्रभु बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १ हजार ७ सय अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराउने भएको हो ।

डलर सटही सुविधा आज बुधबारदेखि १० दिनसम्म काठमाण्डौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको सो बैंकले जनाएको छ ।