समाचार

प्रधानमन्त्री देउवा मेलम्चीमा–पानी खान पाइएला !

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्ने भएका छन् ।

केही दिन अगाडी नारायणगढ मुग्लिन सडकखण्डको निरीक्षण गरेका प्रधानमन्त्री देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न लागेका हुन् । प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची गएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको र अधिकारीहरुले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन् । प्रधानमन्त्री देउवाले आयोजनाको निरीक्षणपछि अधिकारीहरुलाई निर्देशन दिने तयारी गरेका छन् ।