सूचना प्रविधि

क्लासिक टेकले ल्यायो उच्च गतिको इन्टरनेट सेवा

काठमाण्डौ, २५ साउन । बिगत ८ बर्षदेखि गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ क्लासिक टेक प्रा.लि. ले उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको छ ।

नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट GPON प्रविधिमा आधारित ईन्टरनेट सेवाप्रदान गर्दै आएको क्लासिकले टेकले छोटो समयमा ग्राहकहरुको मन जित्न सफल भएको छ । यस कम्पनीले सेवाग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्चगतिको १००Mbps Unlimited ईन्टरनेट सुपथ मुल्यमा ल्याएको छ ।

यसका साथै ६ Mbps Unlimited ईन्टरनेट मात्र रु १०९९ प्रतिमहिनाको दरमा र १५ Mbps Unlimited ईन्टरनेट रु १२९९ प्रतिमहिनाको दरमा ल्याएको छ । अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क हुने जनाएको छ । थप जानकारीका लागि क्लासिक टेकको वेबसाइट www.classic.com.np मार्फत लिन सकिन्छ ।