समाचार

भुकम्पबाट क्षतिग्रस्त रक्षा मन्त्रालयको भवन शिलन्यास

काठमाण्डौ, २५ साउन । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रक्षा मन्त्रालयको नयाँ भवनको शिलन्यास भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान मन्त्रालयको नयाँ भवन शिलन्यास गरेका हुन् । कानुन मन्त्रालयको पछाडि रहेको खाली जग्गामा मन्त्रालयको भवन निर्माण हुँदैछ । भूकम्पले भवन बस्न नसक्ने गरी क्षतिग्रस्त भएपछि रक्षा मन्त्रालयको काम कारबाहीसुरक्षा परिषदको सचिवालयबाट हुँदै आएको थियो ।

नेपाली सेनाको क्याभलरी रहेको स्थानमा भवन निर्माण गर्न लागिएको हो । क्याभलरीको आधा जग्गा सरकारले सर्वाेच्च अदालतलाई दिएको छ । बाँकी आधा जग्गामा मन्त्रालयको भवन बन्न लागेको हो। क्याभलरी अन्यत्र सार्ने सरकारले जग्गा व्यवस्थापन गर्ने सर्तमा सेनाले सो जग्गा मन्त्रालय र अदालतलाई दिएको हो ।

राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका अधिकांश भवनमा भूकम्पले क्षति र्पुयाएको भए पनि अन्य भवन निर्माणको प्रक्रियाले भने प्राथमिकता पाउन सकेको छैन ।