शिक्षा

अस्थायी शिक्षक पनि ८ दिनदेखि अनशनमा

काठमाण्डौ, २५ साउन । भदौ ३ गतेका लागि तोकिएको शिक्षक सेवा आयोगको परीक्षाको मिति सार्न अस्थायी शिक्षकले माग गरेका छन् । ८ दिनदेखि अनसनमा बसेका सहकर्मीलाई परीक्षामा सहभागि हुन तयारी चाहिने भन्दै उनीहरुले परीक्षाको मिति सार्न माग गरेका हुन् । सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अस्थायी शिक्षक ८ दिनदेखि अनशनमा बसेका छन् ।

अस्थायी शिक्षक संघर्ष समितिका महासचिव कुमोद कुमार कर्णले सरकारले परीक्षामा सामेल भएर अनुतीर्ण भएका अस्थायी शिक्षकलाई पनि स्थायी सरह सेवा सुविधा उपलब्ध गराउने तयारी गरे पनि आफूहरुलाई औपचारिक जानकारी नभएको बताए । औपचारिक जानकारी भए मात्र आफुहरुले अनसन छोड्ने उनको भनाइ छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षामा सामेल भएर उनुतीर्ण हुने अस्थायी शिक्षकलाई पनि सरकारले स्थायी सरह सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यता शिक्षक सेवा आयोगले भने भदौ ३ गते परीक्षाका लागि तोकिएको मिति सार्न नसकिने बताउँदै आएको छ ।