प्रवास

पुनर्वासमा अमेरिका पुगेका भुटानी शरणार्थीको हत्या

एजेन्सी, २५ साउन । अमेरिकाको टेक्सासमा पुनर्वास भएका १८ वर्षका भुटानी युवक भिम दुलालको हत्या भएको छ । गत आइतबार बिहान ३ बजे टेक्सासको टम्बल ह्युस्टनमा गोली हानी हत्या भएको बताइएको छ ।
शनिबार बेलुका ब्यायाम केन्द्रमा गएका दुलालको हत्या भएकोबारे अनुसन्धान भइरहेको पारिवारिक स्रोतले बताएको छ । दुलालका साथ उनका एकजना अफ्रिकी मुलका साथीको पनि एकैठाउँमा हत्या भएको थियो ।
९ वर्षअघि पूर्वी झापाको गोलधाप शरणार्थी शिबिरबाट अमेरिका पुनर्वास भएका दुलाल भर्खरै उच्च माध्यमिक तह पूरा गरि विश्वविद्यालय अध्ययनको तरखरमा रहेको उनका नातेदारले सुदर्शन लुईंटेलले जानकारी दिए । दुलालको बुधबार टेक्सासमा दाहसंस्कार गरिने बताइएको छ ।