समाचार

नदी तर्ने क्रममा आफ्नै बुबाको हातबाट छुटेर बालकको मृत्यु

कैलाली, २४ साउन । कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिए ।

नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ ।