राजनीति

प्रधानमन्त्री देउवाले कसरी मुलुकलाई सहज रुपमा अवतरण गराउलान त ?

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचन आयोगलाई प्रदेश र संसदको निर्बाचन एकैपटक सम्पन्न गर्नेगरी तयारी गर्न आग्रह गरेका छन् । माघ ७ गतेभित्र निर्बाचन सम्पन्न गरिसक्नुपर्ने संबैधानिक बाध्यता र र समयको कम्ीलाई मध्य नजर गर्दै एकैपटक मतदान गर्दा चार वटा मतपत्र भए जनतालाई मतदान गर्न असहज हुने निर्बाचन आयोगले बताएको भएपनि प्रधानमन्त्री देउवाले निर्बाचन आयोगलाई दुईटा निर्बाचन फरक फरक गर्दा समय नपुग्ने आँकलन गर्दै उक्त सुझाव दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ ।

प्रधानमन्त्री निर्बाचित भएको दुईमहिना भएपनि सम्पती विवरण नबुझाएको भनी बिबादमा आईरहेका बेला प्रधानमन्त्रीले दुबै निर्बाचन गर्न उत्सुक्ता देखाउनु उनको सह्रानीय कार्य हो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, पछिल्लो समय मधेशमा शक्ती जमाउदै गरेको मधेशबादी दलहरुलाई सहमती गराएर निबार्मचन सम्पन्न गराउने कार्य गर्नु त्यती सहज भने देखिदैन ।
आईजीपी नियुक्ती काण्ड, शुशीला कार्कीलाई माहाअभियोग काण्ड, बीबीसी साझासवाल काण्डपछि प्रधानमन्त्री देउवाले सम्पती विवरण नबुझाएको आरोप सर्बत्र खेप्नुपरेको छ ।

पहिलो चरणको निर्बाचन सम्पन्न गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि प्रधानमन्त्री बनेका देउवाले काँग्रेसलाई स्थानीय तहको निर्बाचनमा पराजय गराए पनि दोस्रो चरणको निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा जनताबाट बधाई पाएका भएपनि आउदै गरेको आश्विन २ गतेको दुई नम्बर प्रदेशको निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्ने, प्रदेश र केन्द्रको निर्बाचन सम्पन्न पर्नुपर्ने प्रमुख दायीत्व प्रधानमन्त्री देउवासंग छ ।

यसका साथसाथै काँग्रेस सभापति पनि भएकाले प्रधानमन्त्री देउवालाई पार्टीभित्रबाट स्थानीय तहको निर्बाचनमा काँग्रेसलाई दोस्रोपार्टीको रुपमा खुम्च्याएको आरोप लाग्ने गरेको छ । आरोप मात्र नभएर रामचन्द्र पौडेल लगायत देशभरका काँग्रेसका पुराना कार्यकर्ताको ब्यापक दबाब छ । प्रधानमन्त्री देउवाले सबै दबाबहरुलाई निरुपण गर्दै मुलुकलाई अवतरण गराउछने त्यो हेर्न भने उनको पुरा कार्यकाल हेर्नैपर्ने हुन्छ ।