प्रवास

एन.आर.एन. क्यानडाको अध्यक्षमा काफ्ले र माहासचिवमा घिमिरे निर्बाचित

टोरोण्टो। क्यानाडाको आर्थिक हब मानिने टोरोण्टो शहरमा अगस्ट ५ , २०१७ मा सम्पन्न भएको एन.आर.एन. क्यानडाको १० औ एजीएमले अध्यक्षमा गोपि काफ्ले र महासचिबमा चिरन्जिबी घिमिरेलाई निर्वाचित गरेको छ।

उक्त अधिबेसनले उपाध्यक्षमा राज कुमार महत, रमेश बानिया, माधब दाहाल, सचिबमा डा. देवि अधिकारी, कोषाध्यक्षमा सुर्य सापकोटा, प्रवक्तामा रबिन्द्रराज घिमिरे, महिला संयोजक बिमला सापकोटा र सदस्यहरू प्रमिला बस्नेत ,करूण कार्की, बिनोद राना, दिपक श्रेष्ठ, चन्द्र अधिकारी, सुभाष गिरी, देवेन्द्र सुबेदी र दिनेश घिमिरेलाई चयन गरेको छ ।

अध्यक्ष पदको लागि भएको निर्वाचनमा १७ एन.सि.सि. प्रतिनिधिको भोटमा काफ्लेले ११ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी देबेन्द्र सुबेदीले ६ मत प्राप्त गरे। यसैगरी महासचिबमा बिजयी उम्मेद्वार चिरन घिमिरेले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दिनेश घिमिरेले ५ मत मात्र प्राप्त गरे। महासचिब चिरन्जिबी घिमिरे टोरोण्टो शहरबाटै एन सी सी मेम्बरमा निर्बाचित भएका हुन्, नवनिर्वाचित अध्यक्ष काफ्लेले क्यानडामा बसोबास गर्ने नेपालीहरुका बिचमा भातृत्व, आपसी बिस्वाश, सद्भाव र सहयोगलाई सुदृढ बनाउदै प्रवाशी नेपालीहरुको हित अभिबृद्धीमा सधै लागि पर्ने बताए ।

कार्यक्रमका मुख्य अतिथी क्यानडाका लागि नेपालका राजदुत कालिप्रसाद पोख्रेलले स्वदेश र प्रवासका बिचमा यौटा गतिशिल पुल बनेर एन.आर.एन. क्यानडाले जोड्न सक्ने बिस्वाश ब्यक्त गरे। एन.आर.एन. क्यानडाका निबर्तमान अध्यक्ष तुलसी प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सस्थाका महासचिब सुमन लम्सालले गरेका थिए भने AGM को संयोजन गोपाल भन्डारीले गरेका थिए।