प्रवास

एनआरएन अमेरिका अध्यक्षका प्रत्यासी गौरी जोशीले अमेरिकाबासी नेपालीको मन छुनेगरी दिए यस्तो प्रतिकृया

न्यूयोर्क । एनआररएन अमेरिकाको आउदै गेको अगष्ट ११ र १२ गतेको निर्बाचन अदालतले सारेको बिषयमा अध्यक्षका प्रत्यासी गौरी जोशीले प्रतिकृया दिएका छन् । एनआरएनका प्रभाबशाली ब्यक्तीत्व गौरी जोशीले अध्यक्ष जित्ने सम्भाबना बढेपछि उनले निर्बाचनमा उमेर्द्वार बन्न नपाउने गरी निर्बाचन समितिले रोक लगाएपछि जोशीले अदालतमा मुद्धा दायर गरेका थिए ।

उक्र मुद्धाको सुनुवाई गर्दै अदालतले तत्कालका लागी एनआरएन अमेकिाको निर्बाचन रोक्न आदेश दिएको थियो । उक्त आदेश पश्चात एनआरएन अमेरिकाका सदस्य एबम् शुभचिन्तकहलाई उनले बिबाद भएकोमा दुख मान्दै क्षमायाचना समेत गरेका छन् ।
उनले अमेरिकाबासी नेपाली समुदायहरुलाई सम्बोधन गर्दै यसो भनेका छन्,

“यही अगष्ट ११ र १२ मा हुने भनिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनले फेरि अर्को एउटा मोड लिएको छ । यहाँहरु सबैलाई विदितै छ कि मैलेपनि यो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएको अवगतै छ । मेरो उम्मेदवारीको बैधानिकतालाई लिएर अनेक प्रश्नहरु उठाइए र अनावश्यक विवाद सृजना गरियो । एनआरएन अमेरिकाको टेनेसी राज्यमा दर्ता भएको बिधान र एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको समितीको बिधान अन्तर्गत रहेरै रितपुर्वक तोकिएकै समयमा मैले अध्यक्ष पदकालागि उम्मेदवारी दिएको हुँ । बिधानसम्मत र रितपुर्वक उम्मेदवारी दिंदादिदै पनि निर्वाचन समितीले अध्यक्षका उम्मेदवारहरुको नामावली सुचीमा मेरो नाम राख्न अस्विकार गरेपछि उम्मेदवार बन्न पाउने बिधानसम्मत हकको सुरक्षा गर्न र एनआरएन अमेरिकाको निर्वाचनलाई सहजतापुर्वक अगाडी बढाउने वातावरण बनाउन मैले पटकपटक सम्बद्ध पक्षहरुसँग आग्रह गरेकै हुँ । तर कतैवाट पनि न्याय नपाएपछि अन्तरआत्मा र मलाइ माया गर्ने हजारौं साथीहरुको आग्रहलाई ध्यानमा राख्दै न्यायको खोजीमा म अदालत पुग्न बाध्य भएँ । अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभएसम्मकालागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ । मलाइ क्षमा गर्नुहोला,किनकी मैले ममाथि परेको अन्यायको बिरुद्ध न्याय माग्ने प्रक्रियामा लाग्दा तपाँइ हामी सबैको आस्थाको संस्था गैर आवासीय नेपाली संघ ९ एनआरएन० अमेरिकाको निर्वाचन प्रक्रिया केही समयकालागि अबरुद्ध हुन पुगेको छ । मलाइ, हामी सबैको प्यारो संस्था एनआरएनलाई अदालतमा पुर्याउन मन थिएन । तर मेरो सामु कुनै बिकल्प भएन । मैले दुइसाता पर्खेंको पनि हुँ । यो बिचमा म अध्यक्षको उम्मेदवार बन्न योग्य रहेका यथेष्ट प्रमाणहरु निर्वाचन समितीलाई पेश पनि गरें । तर बिधि– बिधान र नीतिलाई मान्ने काम निर्वाचन समितीबाट भएन ,बरु उल्टै अमुक व्यक्ति र पात्रहरुबाट प्रभावित हुने काम भयो । यसैले म अदालत जान बाध्य भएँ । अदालत मात्र होइन , म त एनआरएन अमेरिकाको विवाद अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म पुगोस भन्ने पनि चाहदैन थिएँ । समाजसेवामा लाग्न अनावश्यक बखेडा निकाल्ने र अड्डा अदालत धाउने मेरो रहर हुँदै होइन ।
म यहाँ सबैलाई के स्पष्ट पार्न चाहन्छु भने एनआरएन अमेरिकाको निर्वाचनलाई बिथोल्ने मेरो कुनै मनशाय छैन र हुनेपनि छैन । एनआरएन अमेरिकालाई कमजोर र विभाजित बनाउने कुरा म कल्पनासम्म गर्न सक्दिन । परिस्थितिले मलाई न्यायको ढोका ढकढकाउन बाध्य बनाएको मात्र हो । सत्य र न्याय स्थापित गर्न कहिलेकाँही तत्काल अप्रिय जस्ता लाग्ने निर्णयहरुपनि गर्न पर्दोरहेछ । तर मलाई विश्वास छ , अन्ततस् यसले सत्य र न्याय स्थापित गर्न र थप बिभाजित हुन लागेको नेपाली समाजलाई जोड्न नै मद्धत पुरयाउनेछ । मेरो कारणले कतैबाटपनि एनआरएन अमेरिकालाई कमजोर हुन नदिने विश्वास यहाँहरु सबैलाई दिलाउन चाहन्छु । अहिले निर्वाचन स्थगित भएको परिस्थतीलाई बुझिदिन र एनआरएन अमेरिकाप्रति कुनै नकरात्मक सोच नराखी भविष्यमा यसलाई अझ बलियो बनाउने दिशामा थप सक्रिय भैरहन म सबैसँग विनम्र आग्रह गर्दछु । निर्वाचनमा बिभिन्न पदमा उम्मेदवारी दिनु भएका साथीहरुलाई पनि वर्तमान परिस्थतीलाई बुझिदिइ केही समय पर्खन हार्दिक अनुरोध गर्दछु । खास निश्चित समयमा लागेको चोट , ठीक हुन पनि निश्चित समय नै पर्खनुपर्छ ।
मलाई लाग्छ–सोच, संस्कार र संयन्त्र ठीक भए धेरै कुरा ठीक हुन्छन् । सोचमा नवीनता, संस्कारमा सुधार र संयन्त्रमा चुस्तता,एनआरएन अमेरिकाको आजको आवश्यकता हो । सोचमा नवीनता, संस्कारमा सुधार र संयन्त्रमा चुस्तता भयो भने एनआरएन अमेरिकामात्र होइन , कुनैपनि व्यक्ति वा संस्थाले सफलता प्राप्त गर्न सक्छ । म यही सूत्र लिएर एनआरएन अमेरिकाको नेतृत्व लिन कस्सिएको हुँ । परम्परागत रुपमा पद तथा शक्ति आर्जन गर्न र नेपालीमाझ नै अनावश्यक चलखेल गर्न मैले एनआरएन अमेरिकाको अध्यक्षकालागि उम्मेदवारी दिएको होइन । व्यवसायमा आजसम्म प्राप्त गरेको सफलताको अनुभवलाई समाज सेवामा लागु गर्न र एनआरएन अमेरिकालाई एउटा सफल र प्रभावकारी संस्थाका रुपमा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ । नेपालतिर फर्केर पदको धाक लगाउने तर अमेरिकाभित्र रहेका नेपालीका हितमा सिन्को पनि नभाँच्ने परम्परागत नेतृत्व र शैली बिरुद्ध हो–मेरो उम्मेदवारी । म त , अमेरिकामा रहनु भएका हर–नेपालीसँग जोडिन, यिनै नेपालीलाई सक्षम बनाउन र सक्षम बनेका नेपालीलाई मातृभुमिप्रतिको कर्तव्य र दायित्व सम्झाउन उम्मेदवार बनेको हुँ । यो अभियानमा म निरन्तर लागिनै रहनेछु । हालका लागि स्थगित भएको निर्वाचन प्रक्रिया छिटटै फेरि शुरु हुने र त्यति बेला पनि तपाँइहरुको साथ–सहयोग पाइरहने अपेक्षा गर्दछु । अन्त्यमा , फेरिपनि परिस्थतिलाई बुझिदिन , एनआरएन अमेरिकाप्रतिको माया र सदभावलाइ कत्ति पनि कम नगर्न र समयलाई पर्खन यहाँहरु सबै समक्ष बिनम्र अनुरोध गर्दछु्”