समाचार

खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैलाई करेन्ट लागेर मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक यूवकके ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ स्थित डोक्रेना बस्ने २८ वर्षीय हेमन्त केसीको विद्युतको तारबाट खोलामा माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

स्थानीय ग्वारखोलामा विद्युतको तार जोडी माछा मार्ने प्रयास गर्दा केसीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार राती १२ बजे तिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सँग माछा मार्न खोलामा गएका अन्य चारजना उनका साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।